बाढीपहिरो पिडितका लागि सरकारका ९ निर्णय, हेर्नुहोस आज वसेको मन्त्रीपरिषद बैठकका निर्णयहरु
काठमाडौं – सरकारले बाढी, पहिरो तथा डुवान प्रभावित क्षेत्रमा तत्काल अत्यावश्यक सेवा सुचारु गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेका मन्त्रिपरिषद् बैठकले रक्षा, गृह र भौतिक पूर्वाधार मन्त्रालयले समन्वय गरेर विद्युत, सडक, खानेपानी लगायतका सेवाहरु सुचारु गर्ने निर्णय गरेको हो । बैठकले प्रभावित क्षेत्रमा तत्काल राहत पु¥याउने तथा घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिने निर्णय समेत लिएको छ ।
प्रभाजित क्षेत्रमा प्रकोप फैलन नदिने औषधि र उपकरणसहित स्वास्थ्यकर्मीहरुको टोली पठाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
राहत तथा पुनर्निर्माणबारे थप निर्णय लिइने उनले बताए ।
