नेकपाका कार्यकर्ताका लागि खुशीको खवर, प्रचण्ड ओलीविच भयो यस्तो सहमति
काठमाडौं – सक्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकर्ताहरुका लागि खुशीको खवर छ । अव पार्टी एकताले छिट्टै पूर्णता पाउने भएको छ ।
अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीका केन्द्रीय सदस्यहरुको कार्य विभाजन, विभागहरु गठनबारे सहमति जुटाएका छन् । अध्यक्षद्धयबीच भएको छलफलमा महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलसमेत सहभागी भएका थिए ।
बैठकले एकता प्रक्रियालाई टुंगो लगाएको र यसलाई छिट्टै बस्ने स्थायी कमिटीले अनुमोदन गर्ने महासचिव पौडेलले बताए ।