डा. योगी विकाशानन्दका चर्चित भनाइहरू

बुधबार, १ साउन २०७६

काठमाडौं – डा. योगी विकाशानन्द एक चर्चित मोटिभेटर हुन् । उनकै कारण लाखौंले आफ्नो जीवन परिवर्तन गर्दै विकाशानन्दलाई भगवान ठान्दै आएका छन । मनोक्रान्तिका अभियान्ता उनै डा. योगी विकाशानन्दका केही भनाइहरु चर्चित छन् ।

१) असफलता झेल्ने आँट नभएकाहरू सफलताका हकदार हुनै सक्दैनन् ।

२) बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ ।

३) जसले आमा बाबुलाई प्रेम दर्शाउन सक्दैन, उसले आफ्ना छोराछोरीबाट प्रेम खोज्नु अपराध हो ।

४) भिन्नैखाले राजनेता नभएसम्म भिन्नैखाले राजनीतिको संभावना छैन ।

५) सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो ।

६) हामीलाई लामखुट्टेले होइन हाम्रै अल्छ्याइले टोक्छ ।

७) सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।

८) सबैभन्दा सस्तो औषधि हास्य हो, किनभने यसको कमी भयो भने सबभन्दा महंगो औषधि खान बाध्य भइन्छ ।

९) सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे पुग्छ ।

१०) अविवाहितहरू प्रेमको प्रभावले बर्बाद हुन्छन्, विवाहितहरू प्रेमको अभावमा बर्बाद हुन्छन् ।