लोडसेडिङ अन्त्य गर्ने पूर्व उर्जा मन्त्री शर्मा विवादित !

बुधबार, १ साउन २०७६

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पुर्वउर्जा मन्त्री जनार्दन शर्मा प्रभावकर विवादित बनेका छन । नेपालमा लोडसेडिङ अनत्य गरेर जस पाएका सर्मले मिडिया कर्मीलाई धम्की दिएर विवादित बनेका हुन् ।

केहि दिन अघि मात्रै भोतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले पत्रकारलाई धक्काउँदै क्यामेरा बन्द गर्न लगाएको घटना सेलाउँन नपाउँदै त्यस्तै प्रकृतीको अर्को घटना शर्माले घटाएका छन । पुर्व गृहमन्त्री समेत रहेका शर्माले संसदीय समितिको बैठकमा आफूले बोलेका कुरा भाइरल होला भन्दै क्यामेरा बन्द गर्न हुकुम दिएका थिए ।

पछिल्लो समय सरकार विरुद्ध चर्को स्वरमा बोल्दै आएका खास गरि गृहमन्त्रीलाई निशाना बनाएर अभिव्यक्ति दिँदै आएका शर्माले राज्य व्यवस्था समितीको बैठकमा पत्रकारलाई हुकुमी शैलिमा आदेश दिएर क्यामेरा बन्द गराएका थिए ।

सत्तारुढ दलका स्थायी समिति सदस्य रहेपनि बिपक्षी भन्दा कडा आफ्नै दलका मन्त्रीबिरुद्ध खनिदै आएका भएका शर्माले आज संसदीय समिति बैठकमा आफूले बोल्ने पालो आउन साथ पत्रकारलाई क्यामरा बन्द गर्न भन्दै आदेश दिएर चर्चामाआएका छन् ।

आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अन्य सांसद बोल्दा निर्वाध क्यामरामा कैद गरिरहेका फोटो पत्रकारहरुलाई शर्माले आफूले अनौपचारिक बोल्ने भन्दै क्यामरा बन्द गर्न आदेश दिएका थिए । आजको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल चलिरहेको थियो । विधेयकमा प्रस्ताव गरिएको निजामती कर्मचारीलाई निवृत्त भएपछि दिइने सेवाको विषयमा सदस्यहरुबीचमै मतभेद प्रष्टै देखिन्थ्यो । अर्थात सांसदबीच जुहारी चलिरहेको थियो ।

केही सांसदले बहालवाला कर्मचारीको तलब बढ्दा सेवानिवृत्तको पनि दुई तिहाई पेन्सन बढ्नुपर्ने तर्क गरिरहेका थिए भने केहीले सेवा निवृत्तलाई अनावश्यक सुविधा दिन नहुने तर्क गरिरहेका थिए । यही क्रममा शर्माले सभापति शशी श्रेष्ठसँग बोल्ने समय मागेर बोल्न सुरु गरे , सुरुमै उनले पत्रकारलाई क्यामेर बन्द गर्न आदेश दिए ।

‘यहाँ बोलेको फेरि विरुद्धमा आयो भन्ने होला । रेकर्ड गरेर प्रशारण गर्ने होला । म अनौपचारिक कुरा गर्छु । त्यो क्यामेरा बन्द गर्नोस त रेकर्ड नगर्नू,’ पत्रकारलाई शर्माको आदेश थियो । उहाँले जे पनि देखाइ दिने र समितिमा भएको छलफललाई अर्को भाइरल बनाइ दिने काम पत्रकारले गरेको भन्दै क्यामरा बन्द गर्न आदेश दिएका थिए ।