कसले घेर्दैछ लोकसेवा आयोगको कार्यालय ?

बिहिबार, २ साउन २०७६

काठमाडौं – लोकसेवा आयोगले आव्हान गरेको विज्ञापन खारेजिको माग गर्दै आज लोकसेवा आयोग घेराउ गरिने भएको छ ।

आन्दोलनका एक नेतृत्वकर्ता सहेक विश्वकर्माका अनुसार लामो समयदेखि आवाज उठाउंदा समेत सुनुवाइ नभएपछि आज आयोगको अनामनगरस्थित कार्यालय घेराउ गरिने भएको हो ।

यसअघि विज्ञापनमा असन्तुष्ट समुहले माईतीघर मण्डला लगायतमा प्रदर्शन र विभिन्न पक्षलाई भेटेर ज्ञापनपत्र दिईसकेको छ । लोकसेवाको विज्ञापन असमावेशी र संविधान विरोधी रहेको उनीहरुको आरोप छ ।