महावीर पुनलाई संसद सचिवालयले छुट्टै कोठा दिने

शुक्रबार, ६ चैत्र २०८२

काठमाडौं—महावीर पुनलाई संसद सचिवालयले छुट्टै कोठा दिने भएको छ । प्रतिनिधि सभामा स्वतन्त्र सांसदको हैसियतमा रहेका महावीरलाई सिंहदरबारस्थित नेपाल टेलिभिजन अगाडि रहेको भवन प्रयोग गर्न दिने भएको हो ।

संसदीय दलको कार्यालय व्यवस्थापनका लागि बसेको बैठकले उनलाई केही कर्मचारीसहित उक्त भवनको कोठा प्रयोग गर्न दिने निर्णय गरेको छ । बैठकले कांग्रेस, एमालेलाई साविककै कार्यालय प्रयोग गर्न दिने भएको छ भने नेकपा र रास्वपाको कार्यालय अदबदल भएका छन् ।