अमेरिकालाई हायल कायल पारेको इरानले बेलायतलाई समेत नछोड्ने

शुक्रबार, ६ चैत्र २०८२

काठमाडौं—अमेरिकालाई हायल कायल पारेको इरानले बेलायतलाई समेत नछोड्ने भएको छ । इरानी विदेश मन्त्री अब्बास अराघचीले फोनमार्फत बेलायतकी विदेश मन्त्री यभेट कूपरसँग कुरा गर्दै अमेरिकालाई सहयोग गरे ‘आक्रमणमा सहभागी हुनु’ मानिने चेतावनी दिएका छन् ।

बेलायतले अमेरिकी सेनालाई बेलायती विमानस्थल प्रयोग गर्न दिने तयारी गरिरहेको सूचनापछि इरानले ‘स्थिति अझ बिगार्ने’ चेतावनी दिएका थिए ।