बालेन शाहलाई सर्वसम्मत संसदीय दलको नेता बनाउन रास्वपाका शीर्ष चार नेता सहमत
काठमाडौं—बालेन शाहलाई सर्वसम्मत संसदीय दलको नेता बनाउन रास्वपाका शीर्ष चार नेता सहमत भएको छन् । सभापति रवि लामिछाने, बरिष्ठ नेता बालेन शाह, उपसभापतिहरु डिपी अर्याल र स्वणिम वाग्ले बालेनलाई सर्वसम्मत संसदीय दलको नेता बनाउन सहमत भएका हुन् ।
रवि र बालेनबीच चुनावअघि भएको सात बुँदे सहमति अनुसार बालेनलाई संसदीय दलको नेता बनाउने निर्णय भएको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन् ।