अमेरिकी अदालतले गर्‍यो इलन मस्कलाई ठग प्रमाणित

आइतबार, ८ चैत्र २०८२

अमेरिकी अदालतले इलन मस्कलाई ठग प्रमाणित गरेको छ । सन् २०२२ मा ट्विटर अहिलेको एक्स किन्ने ४४ अर्ब डलरको सम्झौतामा पुनरावलोकन गर्न वा ढिलाइ गर्न खोजेर कम्पनीका शेयरधनीहरूलाई ठगेको आरोप क्यालिफोर्निया राज्यको एक अदालतले प्रमाणित गरेको हो ।

उनले ट्विटरका कार्यकारीहरूले ‘ट्विटरका कुल प्रयोगकर्तामध्ये ५ प्रतिशतभन्दा कम मात्रै स्प्याम–नक्कली खाताहरू हुन् भनेर प्रमाणित नगरेसम्मका लागि सो सम्झौता ‘अस्थायी रूपमा रोकिएको’ बताएका थिए।

सम्झौता रद्द हुन सक्ने जोखिमका कारण त्यतिबेला ट्विटरको शेयर मूल्य प्रतिकित्ता ५४.२० डलरबाट घटेर ३० डलरको आसपास पुगेको थियो। त्यसबेला केही लगानीकर्ताले घटेको मूल्यमा ट्विटरको शेयर बेचेका थिए।

तर पछि मस्कले आफूले कबूल गरेकै मूल्यमा ट्विटर किनेपछि सस्तोमा शेयर बेचेका लगानीकर्ताले मस्कविरूद्ध अदालत गएका थिए।