बालेन शाह प्रधानमन्त्री बन्नुअघि रास्वपाले ६ काम गर्ने
काठमाडौं—बालेन शाह प्रधानमन्त्री बन्नुअघि रास्वपाले ६ काम गर्ने भएको छ । चैत १३ गते बालेन शाहले प्रधानमन्त्रीको सपथ खानुअघि रास्वपाले पार्टीको सचिवालय बैठक, केन्द्रीय समिति बैठक र संसदीय दलको बैठक बस्ने छ ।
सचिवालय बैठक र केन्द्रीय समिति बैठकबाट विधान संसशोधन गरेर बालेनलाई संसदीय दलको नेता निर्वाचित गरिनेछ । बालनेलाई पुनः केन्द्रीय समिति बैठक बसेर संसदीय दलको नेताका रुपमा अनुमोदन गरिने छ । यी सबै प्रक्रिया चैत १२ गतेसम्म सम्पन्न भइसक्ने छन् ।