थापाको राजीनामा अस्वीकृति भएपछि कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

सोमबार, ९ चैत्र २०८२

काठमाडौं — नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले यही चैत १० गतेका लागि बैठक बोलाइएको जानकारी दिए ।

चुनावमा नराम्रो पराजयपछि कांग्रेस सभापति गगन थापाले दिएको राजीनामा आइतबार सकिएको केन्द्रीय कार्यसमिति बैठकले अस्वीकृत गरेको थियो । थापाको राजीनामा अस्वीकृत भएपछि केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो ।

उता निवर्तमान सभापति शेरबहादुर देउवापक्षीय नेताहरूले छुट्टै गतिविधि बढाइरहेका छन् । उनीहरूले पनि केन्द्रीय कार्यसमितिको नाममा बैठक बोलाउने तयारी गरिरहेको चर्चा छ ।