रास्वपाका नवनिर्वाचित सांसदले सपथ ग्रहण अघिनै देश छोडे
काठमाडौं—रास्वपाका नवनिर्वाचित सांसदले सपथ ग्रहण अघिनै देश छोडेका छन् । नयाँ सरकार गठन र सांसदहरूको सपथ ग्रहणको तयारी चलिरहेकै बेला रास्वपाका समानुपातिक सांसद पुरुषोत्तम यादवले अध्ययनका लागि देश छोडेका हुन् ।
यादव नेपाल एयरलाइन्सको आरए–२१७ उडानमार्फत सोमबार साँझ भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन् । जेनजी अभियान्तसमेत रहेका यादवले आफू स्नातकोत्तर तहमा भर्नाका लागि भारत गएको पुष्टि गरेका छन् ।