सरकारले सार्वजनिक यातायातको भाडा बढाउने
काठमाडौं—सरकारले सार्वजनिक यातायातको भाडा बढाउने भएको छ । यातायात व्यवस्था विभागले भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गरेपछि मन्त्रालयले भाडा बढाउने भएको हो । विभागले सार्वजनिक यात्रुवाहक सवारी साधनमा ११ दशमब ३३ प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा १४ दशमल २९ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहक सवारीमा ८.८१ प्रतिशत भाडा बढाउन सिफारिस गरेको छ । सोही सिफारिस अनुसार भाडा बढ्ने छ ।
विभागले २०६५ सालदेखि लागू गरिएको १३ वटा सूचकसहितको ‘वैज्ञानिक भाडा समायोजन विधि’ लाई आधार बनाएर यो सिफारिस गरेको जनाएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार विभागले चैत ५ गते नै मन्त्रालयमा भाडा समायोजनको फाइल पठाइसकेको छ । वि.सं २०७२ सालयता १३ वटा सूचकका आधारमा पूर्ण रूपमा भाडा समायोजन नभएको भन्दै व्यवसायीहरूले तत्काल यो सिफारिस कार्यान्वयन गर्न माग गरेका छन् ।