रास्वपा संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत

बिहिबार, १२ चैत्र २०८२

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)संसदीय दलको नेतामा पार्टीका वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ सर्वसम्मत चयन भएका छन् ।

आज बिहीबार बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले राखेको प्रस्ताव सर्वसम्मतिले पारित गरिएको हो ।

संसदीय दलको नेता चयन भएसँगै अब केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकको तयारी भइरहेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्  ।