अनौठा कारण देखाउँदै एक सांसदले सामुहिक सपथ छुटाए

बिहिबार, १२ चैत्र २०८२

काठमाडौं—अनौठा कारण देखाउँदै एक सांसदले सामुहिक सपथ छुटाएका छन् । रास्वपाबाट निर्वाचित सांसद रबिन महतोले शपथका लागि सिलाइएको कपडा फिट नभएपछि सपथ समारोहमा ढिलो पुगेका छन् ।

हिँड्नुअघि सिलाइएको कपडा फिट नभएपछि कपडाको साइज मिलाउन लाग्दा सपथ समारोहमा ढिला पुगेका उनको भनाई छ । जेष्ठ सदस्य अर्जुननरसिंह केसीले ढिलो उपस्थित हुँदा एक्लै सपथ खुवाएका थिए ।

उनले भोजपुरी भाषामा शपथ लिएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकरी दिए।

सचिवालयका अनुसार झण्डै १८ वटा भाषामा सांसदहरूले शपथ लिएका छन्।

संस्कृत भाषामा २ जनाले लिएका छन्। सबैभन्दा धेरै मैथिली, भोजपुरी, नेवारी भाषामा सांसदहरूले शपथ लिएका छन्।