गृहमा सुधन गुरुङ पक्का, अरु को-को बन्दैछन् मन्त्री ?
काठमाडौँ – बालेन शाहको मन्त्रीपरिषदमा सुधन गुरुङ गृहमन्त्री बन्ने भएका छन् । आजै बन्न मन्त्री परिषदमा सुधन गृहमन्त्री बन्ने पक्कापक्की भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकारमा रास्वपाका वरिष्ठ नेता शाह प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् भने अरु मन्त्रीलाई पनि नियुक्त गर्ने तयारी भइरहेको छ ।
स्रोतका अनुसार अर्थमा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्रीमा शिशिर खनाल, कानुन मन्त्री सोविता गौतम, पर्यटन मन्त्रीमा गनेश पौडेल पक्का भएका छन्। नवनियुक्त प्रधानमन्त्री शाहले आजै राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।
आज दिउँसो १२ः४५ बजे शपथग्रहण कार्यक्रम तय भएको छ।