किन गरे अमरेशकुमार सिंहले मन्त्री बन्न अस्वीकार ?

शुक्रबार, १३ चैत्र २०८२

काठमाडौं—अमरेशकुमार सिंहले मन्त्री बन्न अस्वीकार गरेका छन् । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा सिफारिस भएका सिंहले मन्त्री बन्न अस्वीकार गरेका हुन् । उनले किन र के का लागि मन्त्री पद अस्वीकार गरे भन्ने खुलेको छैन ।

उनले मन्त्री बन्न अस्वीकार गरेपछि प्रधानमन्त्री बालेन शाहले उद्योग मन्त्रालय आफैसँग राखेका छन् ।

अमरेशले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पराजित गरेका थिए।