तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक लगायतलाई कारवाही गर्ने बालेन शाहको निर्णय
काठमाडौं—बालेन शाहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक लगायतलाई कारवाही गर्ने निर्णय गरेका छन् ।
शुक्रबार बसेको पहिलो मन्त्रिपरिषद बैठकले जाँचबुझ आयोगको प्रतिवेदन सुरक्षाकर्मीको हकमा बाहेक अरुको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति बनाउने निर्णय गर्दै समितिको प्रतिवेदनका आधारमा कारवाही गर्ने निर्णय भएका सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बताएका छन् ।