केपी ओलीलाई रिहा गर्न गरिएको आन्दोलनमा एक आन्दोलनकारीको टाउको फुट्यो
काठमाडौं—केपी ओलीलाई रिहा गर्न गरिएको आन्दोलनमा एक आन्दोलनकारीको टाउको फुटेको छ । माइतीघरमा जारी सरकारविरोधी आन्दोलनमा प्रहरीसँग झडप हुँदा एक जनाको टाउको फुटेको हो भने थुप्रै घाइते भएका छन् ।
माइतीघरबाट बानेश्वरतर्फ अगाडि बढेका एमाले कार्यकर्तालाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । घाइतेको एभरेस्ट अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताएका छन् ।