केपी ओली पक्राउ परेपछि उनैले नियुक्त गरेका एक हाकिमले राजीनामा दिए

आइतबार, १५ चैत्र २०८२

काठमाडौं—केपी ओली पक्राउ परेपछि उनैले नियुक्त गरेका एक हाकिमले राजीनामा दिएका छन् । हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष नरेन्द्र भण्डारीले उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयमा राजीनामा दिएका हुन् । तीन बर्षका लागि नियुक्ति पाएका उनले बालेन शाहलाई काम गर्न सहज होस् भनेर ९ महिनामै राजीनामा बुझाएको बताएका छन् ।

आजै उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका भण्डारीले २०८१ साल जेठ २४ गते अध्यक्ष पदमा नियुक्ति लिएका थिए । उनले आफ्नो कार्यकालमा पुराना प्रविधिको मेसिनरी प्रणाली, प्राविधिक अफ्ठ्यारा र चरम आर्थिक अभावका बेला पनि उद्योग सञ्चालन गर्न सकिएको दाबी गरेका छन् ।

उद्योगलाई अन्य उद्योगसँग प्रतिस्पर्धी बनाउका लागि सरकारले गर्नुपर्ने लगानी र भूमिका पर्याप्त हुन नसकेको पनि उनले बताएका छन् । निर्माण व्यवसायीको रुपमा सक्रियभण्डारी नेकपा एमाले निकट राष्ट्रिय युवा संघ आबद्ध हुँदै हाल नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य रहेका छन् ।