इनिशा विकको हत्याकाण्डले लियो नयाँ रुप
काठमाडौं—इनिशा विकको हत्याकाण्डले नयाँ रुप लिएको छ । प्रहरीले इनिशाको सामुहिक बलात्कार नभएको भन्दै बुझाएको अनुसन्धान प्रतिवेदन उल्ट्याउँदै जिल्ला सरकारी वकिलको कार्यालयले सामूहिक बलत्कारपछि हत्या भएको ठहरसहित जिल्ला अदालत सुर्खेतमा अभियोग पत्र दायर गरेको छ।
चैत ११ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो। कार्यालयले उक्त प्रतिवेदनमाथि अध्ययन गर्दा चारै जनाले सामुहिक बलात्कारपछि हत्या गरेको विभिन्न प्रमाणले देखाएको उल्लेख छ ।
तर बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिसा विकको मृत्यु प्रकरणमा मुख्य अभियुक्त मानिएका १५ वर्षीय किशोरले दिएको बयान यस्तो छ ।
आइतबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालत सुर्खेतमा पेस गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार ती किशोरले इनिसा आफ्नी प्रेमिका भएको र सहमतिमै यौन सम्बन्ध राख्दा एक्कासि रगत बगेर बेहोस भएको बताएका छन् ।
अनुसन्धानका क्रममा ती किशोरको कोड नाम ‘वीरेन्द्रनगर प’ राखिएको छ । उनले बयानमा आफूहरूको पहिलो भेट अध्ययनरत उषा बालबाटिका विद्यालयमै भएको उल्लेख गरेका छन् ।
‘म ४ वर्षअघि उषा बालबाटिका बोर्डिङ स्कुलमा भर्ना भई अध्ययन गर्दै आइरहेकोमा मृतक पनि मसँगै एउटै कक्षामा पढ्ने भएकाले चिनजान भएको थियो,’ उनले भनेका छन्, ‘त्यसपश्चात् २०८१ सालमा कुराकानी गर्ने क्रममा इनिसाले आफूलाई माया गर्छु भनेर प्रस्ताव राखेकी थिइन् ।’
उनको प्रस्तावपछि आफूले पनि प्रेम स्वीकार गरेको र निरन्तर कुराकानी हुँदै आएको ती किशोरले बताएका छन् । ३–४ महिना अगाडि आफूहरू वीरेन्द्रनगरको उत्तर क्षेत्रमा पर्ने कपासे घुम्न गएको र त्यही बेला जङ्गलमा दुई जनाबिच पहिलो पटक शारीरिक सम्बन्ध बनाएको उनले बताएका छन् ।
साथै उनले फागुन १६ गते पनि आफूहरूबिच शारीरिक सम्बन्ध भएको बयान दिएका छन् । उक्त दिन आफूले अस्थायी साधन प्रयोग नगरी नै शारीरिक सम्बन्ध राखेको उनले बयानका क्रममा बताएका छन् । त्यसपश्चात् फागुन २२ गते आफूले इनिसासँग शारीरिक सम्बन्ध राख्न मन लागेको कुरा ह्वाट्सएपमा भनेको बयानमा उल्लेख छ ।
मैले फोन गरेर मृतकलाई तिमीलाई सामान किनिदिन्छु, भोलि भेटौँला, शारीरिक सम्बन्ध राखौँला भनेकोमा उनले हुन्छ, मलाई चुरा र गजरा किनेर ल्याइदिनु भनेकी थिइन्,’ ती किशोरले बयानमा भनेका छन्, ‘मैले हुन्छ भनी घरमै उनका लागि केरा, बिस्कुट र चकलेट मिसाएर आफैँले केक बनाएको थिएँ । साँझको समयमा वीरेन्द्रनगर बजार गएर उनका लागि १ दर्जन चुरा र करिब ४ सय रुपैयाँ जतिको टाउकोमा लगाउने गजरा किनेको थिएँ । भोलिपल्ट उनलाई दिने भनेर केक र खरिद गरेका सामानहरू झोलामा राखेँ । क्याम्पस लाइनमा रहेको माइलो बुबाको घरमा गएँ र राति त्यहीँ बसेँ ।’
त्यसपछि २३ गते बिहान करिब ५ः३० बजे आफू माइलो बुबाको घरबाट निस्किएको र इनिसालाई म्यासेज गरेको उनले बयान दिएका छन् ।
ती युवकको बयानमा उल्लेख भए अनुसार त्यसपछि इनिसाले आफ्नो घर नजिकैको बाटोमा आउनु भनेकी थिइन् । उनी घर नजिकैको बाटोमा गई बसेको र ६ः०५ बजेको समयमा दुईबिच भेट भएको थियो ।
‘त्यसपछि हामी दुवैले एक–अर्काको हात समाती बिस्तारै हिँड्दै, शारीरिक सम्बन्ध राख्ने कुरा गयौँ । कहाँ गई सम्बन्ध राख्ने भनेर सल्लाह हुँदा उनले जङ्गलमा जाऔँ भनेकीले दुवै जना आयुर्वेदिक अस्पताल अगाडिको बाटो हुँदै जनजागरण सामुदायिक वनतर्फ गयौँ,’ ती किशोरले बयानमा भनेका छन्, ‘एकान्त जङ्गलमा बस्दा सुरुमा कुराकानी भयो र त्यस क्रममा इनिसाले आफू थाकेको भनेर मेरो काखमा पल्टिएर थकान मेटिन् ।’
त्यस क्रममा आफूले ‘तिमी बिरामी छौ ? ’ भनेर सोधेको तर उनले ‘छैन’ भनेपछि शारीरिक सम्बन्धको कुरा अघि बढेको ती किशोरले बताएका छन् ।
‘अस्थायी साधनको प्रयोग गरेर शारीरिक सम्बन्ध भइरहेको अवस्थामा उनी खोकिन्, त्यसपछि योनीबाट अत्यधिक मात्रामा रगत बाहिर आयो,’ उनले भनेका छन्, ‘रगत मेरो तथा उनको शरीरमा लगाएको लुगामा लाग्यो ।’
त्यसपछि मृतक रिंगटा लागेर भुइँमा ढलेको, आफूले केही हुँदैन भनेर सम्झाएको र त्यसपछि आफ्ना साथी ‘वीरेन्द्रनगर ध’ लाई फोन सम्पर्क गरेको बयान उनले दिएका छन् ।
‘ध लाई फोन गरेर म र मृतक एसओएसभन्दा माथि जङ्गलको डाँडामा छौँ, उनी बेहोस छिन्, सहयोग गर्न आइदेऊ न भनी बिन्ती गरेँ,’ किशोरको बयानमा भनिएको छ– तर ‘ध’ले सवारी साधन छैन भनेपछि अर्को साथी ‘वीरेन्द्रनगर न’ लाई फोन गरी सोही कुरा गरेँ । उनले म आउँछु भने ।
त्यो बेलासम्म इनिसाले बोल्न छाडिसकेको र आफूले छातीमा राखेर दबाई मुखबाट सास दिएको पनि उनले उल्लेख गरेका छन् ।
साथै, इनिसाको जुत्ता, मोजा खोलेर हातखुट्टा मालिस गर्दासमेत सञ्चो नभएपछि बोल्न छाडेको उनको बयानमा उल्लेख छ ।
उनले अगाडि भनेका छन्– त्यसपश्चात् मैले मेरा साथीहरूलाई उद्धार गर्न आऊ भनी बोलाउँदा साथी ‘ध’ले मलाई बाटो थाहा छैन, लिन आउनु भने, म साथीहरूलाई लिन गएँ । मेरो शरीरमा मृतकको योनीबाट आएको रगत लागेकाले लुगा खोली झोलामा राखेँ र झोलामा रहेका सफा कपडा लगाएर मृतकलाई सोही स्थानमा छोडी आयुर्वेदिक अस्पतालमाथिको कच्ची बाटोमा गएँ ।’
साथीहरू ‘ध’ ‘न’ र ‘फ’ लाई फेला पारी हामी चारै जना इनिसा पल्टिएको स्थानमा जाँदा मृतक मरिसकेको जस्तो ठानेर साथीहरूले छुन इन्कार गरे । मैले मेरो घरपरिवारलाई समेत जानकारी गराई हामी चारै जनाले गाउँलेलाई बोलाउने सल्लाह गयौँ । साथी ‘ध’ स्थानीयलाई खबर गर्न गाउँतिर गए । त्यही अवस्थामा मैले लगाएको ज्याकेट खोली मृतकलाई उठाएर साथी ‘न’ र ‘फ’ को सहयोगमा सोही स्थानमा सुतायौँ । साथी ‘ध’ ले खबर गरेपछि स्थानीय र प्रहरी घटनास्थलमा आए । तत्कालै प्रहरीले मलाई सोधपुछ ग¥यो । प्रहरीले सुरक्षा दिइरहेको अवस्थामा मेरा दिदी र दाइ आएपछि म बेहोस भई ढलेको थिएँ । सोपश्चात् मलाई स्थानीय र प्रहरीले उद्धार गरी प्रदेश अस्पताल सुर्खेतमा प्रारम्भिक उपचार गराए पश्चात् यस कार्यालय (जिप्रका)मा ल्याइएको हो ।