देशकै ठूलो भ्रष्टाचार हुने अखडाबाट १५ जना पक्राउ
काठमाडौं—देशकै ठूलो भ्रष्टाचार हुने अखडाबाट १५ जना पक्राउ परेका छन् । सेवाग्राहीलाई फास्ट ट्रयाकमा काम गरिदिने भन्दै रकम असुल्ने, हैरानी दिने १५ जना बिचौलियालाई जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको टोलीले यातायात कार्यालय एकान्तकुनाबाट पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई प्रहरी वृत्त सातदोबाटोमा राखिएको छ । बालेन सरकार बनेपछि भ्रष्टाचार हुने मुख्य अखडामा प्रहरीको निगरानी बढेको छ ।