प्रधानमन्त्रीको अफिसियल फोटोमा पनि कालो चस्मा
काठमाडौं—प्रधानमन्त्री बालेन्द्र शाहको अफिसियल फोटो सार्वजनिक भएको छ । बालेनको सचिवालयले सार्वजनिक गरेको आधिकारिक फोटोमा कालो चस्मा, कालो टोपी कालै दौरा सुरुवाल र कोट लगाएको देखिएको छ ।
काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित हुँदा होस् या सार्वजनिक कार्यक्रममा कालै पहिरन रुचाउने बालेनले प्रधानमन्त्रीको शपथ खान जाँदा लगाएको पोशाकलाई नै अफिसियल फोटोमा समेटेका हुन् । सामान्यतया अफिसियल फोटोमा कालो चस्माको प्रयोग गर्ने चलन नभएपनि बालेनले प्रयोग गरेका छन् ।