तपाईको दशा बिग्रिएको छ ? सपार्न पढ्नुहोस् यो लेख

आइतबार, ५ साउन २०७६

काठमाडौं – केही दिनदेखि म एउटा यस्तो युवकसँग कुराकानी गर्दै आएको छु, जो केही दिन अघिसम्म म यति निर्धन थिए कि उनकी पत्नी र बालबच्चाले पेट भर्ने गरी खाना पाउँदैनथे । उनलाई घर र आवासको पनि अभाव थियो । अर्को शब्दमा भनौं भने उनको दशा अत्यन्त दयनीय थियो । तर आज उनी एक शानदार बंगलामा सुखको जीवन बिताईरहेका छन् । अब उनीसँग कार र विलासिताका सबै साधन छ ।

यो परिवर्तन कसरी भयो ? के उनले कुनै जागिर वा सुनको खानी भेटाए ? अहँ, त्यस्तो केही भएको थिएन । उनले केवल यति बुझे कि उनको निर्धनता उनको आङ्खनै हातले बनाइएको हो । उनले अझै जस्तोसुकै नराम्रो दशा आए पनि त्यसलाई हाँसीहाँसी सामना गर्ने दृढ प्रतिज्ञा गरे । त्यसपछि साँच्चै मनबाट निर्धनता भागेपछि नै जीवनमा पनि निर्धनता रहेन ।

सफल व्यक्तिहरुको जीवनको रहस्य यही हो कि तिनीहरु निरन्तर मनमा आशायुक्त विचार राख्छन्, फलत निराशा र निर्धनताका दुःखपूर्ण छायाले तिनीहरुको जीवनमा विष नघोलिदिऊन् । तपाईंको निराशाले भरिएको मनको अवस्था समृद्धिको विरुद्ध छ र त्यही तपाईंको सफलताका लागि घातक सिद्ध भइरहेको छ । तपाईं वास्तवमा समृद्धिलाई यो भनिरहनुभएको छ ‘ए, समृद्धि ! म तिमीलाई पाउन चाहन्छु तर मैले तिमीलाई पाउन सकुँला भन्ने मलाई विश्वास छैन । तिमी शायद मेरो लागि बनेको होइन, किनभने मैले जे पनि प्रयत्न गर्दछु, सबै निष्फल भइदिन्छ । शायद कुनै अज्ञात दुर्भाग्यले मलाई तिमीदेखि टाढा राखेको छ । ए समृद्धि ! साँच्चै म तिमीलाई पाउने आशा गर्दिन, चाहे तिमीलाई पाउनका लागि मैले धेरै परिश्रम गरिरहेको किन नहोस् ।’

बस् यही त्यो मानसिक अवस्था हो, जो सयकडौं मानिसलाई समृद्धिबाट टाढा राख्नको लागि जिम्मेवार छ । यदि तपाईं आङ्खनो दशा सुधार्न चाहनुहुन्छ भने तपाईले पहिला आङ्खनो निर्धन विचारहरुबाट मुक्ति पाउनुपर्दछ, किनभने यो निराशाले नै तपाईंलाई थप निराशा ल्याइदिन्छ । आफ्नो पिताको महलबाट निस्केर गरिबीमा बाँच्न शुरु गरेका र सधै भाग्यमै यही लेखेको छ भनी सोच्ने र विश्वास गर्ने एकजना यस्तो राजकुमारका बारेमा के सोच्नुहुन्छ ? तपाईं यो उनको आङ्खनै दोष हो भन्न सक्नुहुन्छ । उनको पिताको महलमा त सबै कुरा थियो । उनी आफैले सम्पतिलाई लात मारिदिए ।

तर यही मूर्ख रमजकुमारले जस्तै हामीमध्ये पनि थुप्रैले त्यस्तै मूर्खता गर्दछौं । यो संसारमा भगवानले हामीलाई एउटा हिस्यदार बनाएर पठाउनु भएको छ । त्यसको हिस्सा हामीले जसरी पनि लिनुपर्छ । त्यो सफलताको हिस्सा । त्यो सम्पतिको हिस्सा ।

यो सम्पति र सफफलता पाउने तपाईंको जन्मसिद्ध अधिकार हो । तपाईं आङ्खनो अधिकार किन माग्नुहुन्न ? आशा र विश्वास राख्नुस्, त्यसलाई पाउन हात बढाउनुस् । तपाईंको प्रयत्नको आकर्षणमा बाँधिएर त्यो स्वयम् तपाईंकहाँ आउनेछ ।