गायक दीपेन्द्र खड्काको “तारा पिलिपिली” गीत सर्वाधिक चर्चामा
काठमाडौँ – आइरा डिजिटलको प्रस्तुतीमा गायक तथा मोडल दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिली पिलीू’को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
माया प्रेममा समर्पित उक्त भिडियोमा ‘जुनतारा झै जुनि काटौ तिमी र म मिलीू’भन्ने भावलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ। उक्त गीतमा लोकप्रीय गायिका सुनिता बुढा क्षेत्री र दिपेन्द्र खड्काको आवाज रहेको छ भने लय तथा शब्द सृजना कृष्ण लामिछानेको रहेको छ।
महेन्द्र भण्डारीको संगीत संयोजन रहेको लोकदोहोरी गीत ‘तारा पिलिपिली’को प्रस्तुतीसमेत गायक तथा मोडल दिपेन्द्र खड्काकै रहेको छ ।
मन्जु भण्डारी र खड्का अभिनित म्युजिक भिडियोको निर्देशन कृष्ण लामिछानेले गरेका हुन् । चर्चित छायाकार करन चैसिरले छायाङ्कन गरेको उक्त भिडियोलाई बिनोद बमले सम्पादन गरेका छन्।
खड्काले आफ्नी श्रीमतीको जन्मदिनको अवसर पारेर उपहार स्वरुप सार्वजनिक गरेको गीतले सम्पूर्ण दर्शक श्रोताहरुको मन जित्न सफल भएको निर्माण पक्षले दाबी गरेको छ।