इरानले खसालेको अमेरिकी लडाकु विमानका चालकको अमेरिकाले गर्यो सकुशल उद्धार

आइतबार, २२ चैत्र २०८२

काठमाडौँ – इरानमा खसालिएको अमेरिकी एफ-१५ई लडाकु विमानका दोस्रो चालक पनि उद्धार गरिएको अमेरिकाले जनाएको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी एफ-१५ई लडाकु विमानका हराएका चालकलाई उद्धार गरिएको बताएका छन्।

ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘उनलाई चोट लागेको छ, तर उनी ठिक हुनेछन्।’

ट्रम्पका अनुसार उनी कर्णेल हुन्।इरानले शुक्रबार दक्षिणपश्चिम इरानमाथि उडिरहेका बेला अमेरिकी लडाकु विमान एफ-१५ई गोली हानेर खसालेको थियो।

जसका दुई चालकमध्ये एउटाको तत्काल उद्धार गरिए पनि अर्का बेपत्ता भएका थिए।