सुर्खेतमा सुकुम्बासीको प्रदर्शन

शुक्रबार, २५ बैशाख २०८३

काठमाडौं— कर्णालीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू सरकारको सुकुम्बासी हटाउने निर्णयविरुद्ध सडकमा उत्रिएका छन् ।

राष्ट्रिय भूमी अधिकार मञ्चको आयोजनामा जिल्लाका विभिन्न स्थानमा बसोबास गरिरहेका सुकुम्बासीहरु सडकमा उत्रिएका हुन् । वीरेन्द्रनगरको मंगलगढीचोकमा बाक्लो संख्यामा सुकुम्बासीहरु उपस्थित भएका छन् ।

उठिबास होइन पुर्जा देऊ, पायौं सरकार खोजेको– पाएनौं न्याय सोचेको, विकल्पविना कसैको बास खोसी दिँदा तपाईं कति खुशी हुनुभयो ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका भूमीहीन तथा सुकुम्बासीहरुले वीरेन्द्रनगर बजार परिक्रमापछि सभा आयोजना गर्ने बताएका छन् ।