कक्षा १२को परीक्षा मर्यादित र शान्तिपूर्ण बनाएकाेमा केन्द्राध्यक्ष बिष्टद्वारा आभार

शुक्रबार, २५ बैशाख २०८३

कालिकाेट – जुल्लाकाे नरहरिनाथ गाउँपालिका वडा नं. ०९ लालुस्थित श्री जनप्रभात माध्यमिक बिद्यालय (परीक्षा केन्द्र नं. ९५३) मा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (कक्षा १२) मर्यादित, शान्तिपूर्ण तथा नियमानुसार सम्पन्न भएको भन्दै केन्द्राध्यक्ष निर्मल कुमार बिष्टले सहयोग गर्ने सम्पूर्ण पक्षप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।

केन्द्राध्यक्ष बिष्टले एक धन्यवाद तथा शुभकामना सन्देश जारी गर्दै परीक्षा सफलतापूर्वक सम्पन्न गर्न विभिन्न निकाय तथा व्यक्तिहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका हुन्। उनले जिल्लास्थित परीक्षा समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका डीएसपी, परीक्षा समन्वय समितिका सदस्य सचिव तथा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखसहित सम्पूर्ण टोलीप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड कर्णाली प्रदेश कार्यालयका प्रमुख महेश देवकोटा तथा उहाँको टोली, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, परीक्षा केन्द्र तोकिएका विद्यालयका शिक्षक तथा कर्मचारी, आफ्ना स्टाफ गुरुहरू, कर्मचारीहरू तथा परीक्षा सञ्चालनमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्णप्रति उनले आभार प्रकट गरेका छन्।

सन्देशमा नरहरिनाथ गाउँपालिका सरकार, वडा सरकार तथा नरहरिनाथ शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख एवं स्रोत शिक्षकहरूको सहयोग पनि परीक्षा व्यवस्थापनमा प्रभावकारी रहेको उल्लेख गरिएको छ। परीक्षा अवधिभर सुरक्षा व्यवस्था, व्यवस्थापन, अनुशासन र समन्वयलाई प्रभावकारी बनाउँदै परीक्षा मर्यादित रूपमा सम्पन्न गर्न सबै पक्षको सहकार्य महत्वपूर्ण रहेको केन्द्राध्यक्ष बिष्टले बताएका छन्।

उनले परीक्षा केन्द्रमा सहभागी परीक्षार्थीहरूलाई अनुशासित, शान्त र जिम्मेवार ढंगले परीक्षामा सहभागी भएको भन्दै प्रशंसा समेत गरेका छन्। साथै परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्य तथा उत्कृष्ट नतिजाका लागि शुभकामना व्यक्त गरेका छन्।

केन्द्राध्यक्ष बिष्टका अनुसार परीक्षा सञ्चालन अवधिभर कुनै पनि अप्रिय घटना हुन नदिन सम्बन्धित निकाय, सुरक्षाकर्मी, शिक्षक, कर्मचारी तथा स्थानीय तहबीच प्रभावकारी समन्वय कायम गरिएको थियो। यसले परीक्षा व्यवस्थापनलाई थप सहज र व्यवस्थित बनाउन सहयोग पुगेको उनको भनाइ छ।

जिल्लामा कक्षा १२ को परीक्षा व्यवस्थित र मर्यादित रूपमा सम्पन्न हुनु शिक्षा क्षेत्रका लागि सकारात्मक सन्देश भएको स्थानीय सरोकारवालाहरूले बताएका छन्।