बाढीले पुरै हाइड्रो पावर बगायो : २ जनाको मृत्यु, २० वेपत्ता !

बुधबार, ८ साउन २०७६

लमजुङ – लमजुङको दोर्दी खोलाले लिवर्टी हाइड्रो पावर बगाएपछि २ जनाको मृत्यु भएको छ । पहिरोलmे बगाउँदा २० जना सम्पर्कविहीन भएका छन् ।

अविरल बर्षाका कारण दोर्दी खोला बाढी आएको जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी रविन्द्र गुरुङ बताए । अन्य विस्तृत जानकारी प्राप्त भइनसकेको डीएसपी गुरुङले बताएका छन् । कच्ची बाटो भएकाले घटनास्थलमा पुग्न समस्या भएको प्रहरीले जनाएको छ ।

दोर्दी खोलाबाट २५ मेघावाट क्षमताको लिवर्टी हाइड्रो पावर निर्माणधिन रहेको डीएसपी गुरुङले जनाएका छन् । बाढीका कारण आयोजनामा कार्यरत १५–२० सम्पर्कविहीन भएको लिबर्टी हाइड्रोपावरका सञ्चालक राम पाण्डेले बताएका छन् ।

सदरमुकाम बेसी शहरबाट २५ किलोमिटर टाढा रहेको हाइड्रोपावरसम्म पुग्न कच्ची बाटो भएकाले सुरक्षाकर्मी र उद्धार टोली पुग्न नसकेको उनको भनाई छ ।