मे २२ र २४ तारिखमा स्टडी इनको ‘ग्लोबल एजुकेशन फेयर’
काठमाडौं – एसआई युकेका नामले परिचित ईस्टडी इनले मे २२ र २४ तारिखका दिन विश्वव्यापी शैक्षिक मेला २०२६ आयोजना गर्ने भएको छ । स्टडी इनले २२ मेमा काठमाडौंमा र २४ मेका दिन पोखरामा ग्लोबल एजुकेशन फेयर आयोजना गर्ने भएको हो ।
उक्त फेयरमा बेलायत, अष्ट्रेलिया, युरोप, न्यूजील्याण्ड लगायत देशका चर्चित ६०ं विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागीता हुने छ । फेयरमा सतप्रतिशत छात्रबृत्तिको अवसर, विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न पाइने, निशुल्क आईईएलटीएस र पीटीई परीक्षण कुपनहरू जित्ने मौका रहेको स्टडी इनले जनाएको छ ।
स्नातक, स्नातकोत्तर, टप–अप, र अनुसन्धान कार्यक्रमहरू (एमआरई, एमफिल, पीएचडी लगायतका कोष अध्ययनको योजना बनाएका विद्यार्थीका लागि यो फेयर निकै लाभदायि हुने विश्वास गरिएको छ । फेयरमा सहभागी विद्यार्थीहरूले अनुभवी परामर्शदाताबाट शैक्षिक परामर्श, विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया, विशेष छात्रवृत्तिका बारेमा आफैले बुझ्न पाउने छन् ।
फेयरमा सहभागी विद्यार्थीलाई पाठ्यक्रम छनोट र आवेदनदेखि भिसा मार्गदर्शनसम्म प्रदान गरी अन्तर्राष्ट्रिय शिक्षामा अवरोधहरू हटाउने लक्ष्य राखेको छ । इच्छुक विद्यार्थीहरूलाई समयमै नाम दर्ता गरी आफ्नो विश्वव्यापी शिक्षा यात्राको योजना बनाउन स्डटीइनले विद्यार्थीलाई अनुरोध गरेको छ ।
