रास्वपा सांसद गणेश पराजुलीको दुई अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको निर्देशन

बिहिबार, ३१ बैशाख २०८३

काठमाडौँ – सभामुख डीपी अर्यालले सांसद गणेश पराजुलीले दिएको दुई अभिव्यक्ति संसदबाट हटाउन निर्देशन दिएका छन् ।

उनले बोलेका ‘भौटेहरु’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिँडेजस्तो गरी’ भन्ने शब्दहरु सभाको अभिलेखबाट हटाउन निर्देशन दिएका हुन् ।

सभामुखले संसदीय मर्यादा पालन गर्न पनि सबै सांसदहरुलाई आग्रह गरेका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा उनले संसदीय मर्यादा पालन गर्न पनि सबै सांसदहरुलाई आग्रह गरे ।