अरु देशको भिसा नलागेपछि फ्रान्सतिर मोडिए विद्यार्थी, स्टडि कनेक्ट बन्यो उपयुक्त संस्था

सोमबार, ४ जेष्ठ २०८३

काठमाडौं –  अन्य देशले विद्यार्थीले भिसा रिजेक्सन गर्न थालेपछि फान्समा विद्यार्थीको आक्रषण बढेको छ । नेपालमा फ्रान्स अध्ययन सम्बन्धी शैक्षिक परामर्श सेवा प्रदान गरिरहेको स्टडि कनेक्ट नेपालमा विद्यार्थीको थामिनसक्नु भिड लाग्न थालेको छ । जेठ ३ गते आइतबार स्टडी कनेक्ट नेपालले आयोजना गरेको सेमिनारमा ३ सय बढी विद्यार्थीले सहभागिता जनाउँदै फ्रान्सेको शैक्षिक वातावरण बारे जानकारी लिएका छन् ।

फ्रान्सको दोश्रो ठूलो एजुकेशन ग्रुपका प्रतिनिधिले फ्रान्सको एजुकेशन सिस्टम, बसाई, रोजगारीको अवसर बारेमा परामर्श दिएका थिए । स्टडि कनेक्ट नेपालको निमन्त्रणामा OMNES Education Group (one of France’s leading private higher-education groups) का साउथ एसिया म्यानेजर Maud Le Bars र इन्टरनेशनल एडमिसन डाइरेक्टर CLEMENCE PECEAVET १९ शैक्षिक संस्थाको नेतृत्व गर्दै नेपाल आएकी थिइन् ।

उनीहरुले नेपाल आएर आफ्नो शैक्षिक समूह र फान्स अध्ययनका बारेमा नेपाली विद्यार्थीलाई जानकारी गराएकी छन् । फान्स अध्ययन सम्बन्धी विश्वासिलो तथा भरपर्दो शैक्षिक परामर्श संस्था स्टडी कनेक्ट नेपालको कार्यालयमा आयोजित इन्फरमेशन सेसन्समा उनले १९ ओटा शैक्षिक संस्थाबाट विश्वस्तरको शैक्षिक गुणस्तर कायम गरेको बताएकी थिइन् ।

इन्फरमेशन सेशनमा फ्रान्स अध्ययनका लागि योजना बनाएका, भिसा आवेदन दिएका र भिसा लागेका करिब ३ सयबढी विद्यार्थीको सहभागिता रहेको थियो । सहभागी विद्यार्थीले स्टडि कनेक्टले आयोजना गरेको कार्याक्रमबाट आफूहरुले राम्रो परामर्श पाएको प्रतिक्रिया दिएका थिए ।

इन्फरमेशन सेसनमा स्टडि कनेक्टका सीइओ प्रकाश ढकालले सहजिकरण गरेका थिए । उक्त अवसरमा ढकालले आफूहरुले विद्यार्थीलाई सहि परामर्श दिएर नेपाली विद्यार्थीलाई फ्रान्स अध्ययनका लागि पठाउने गरेको बताएका थिए । उनले फ्रान्स शैक्षिक गुणस्तर लागि निकै राम्रो गन्तव्य भएको बताउँदै भविश्य बनाउने सोच भएका विद्यार्थीका लागि स्टडी कनेक्टमा आएर परामर्श लिन अनुरोध गरेका छन् ।