‘रअ’ प्रमुख र प्रधामन्त्रीको भेट बार्ताबारे सञ्चारमन्त्रीले मुख खोले

बिहिबार, ९ साउन २०७६

काठमाडौं – सरकारका प्रवक्ता एवं संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले रअका प्रमुखले प्रधानमन्त्रीलाई भेटेको आफूलाई जानकारी नभएको बताएका छन् ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा बास्कोटालाई रअका प्रमुखले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्रीलाई भेटेको हो भनेर सोधिएको थियो ।

जवाफमा बास्कोटोले भने, ‘यदि आएको हो र भेटेको हो भने कूटनीतिक प्रोटेकलकै आधारमा भेटघाट भएको हुनुपर्छ । त्यसैले प्रधानमन्त्रीले भेट्नु भएको छैन । हल्ला फैलाउने काम नगरौं ।’

ककसले भेटेको थाहा नभएको तर भेट्नै हुँदैनथ्यो भन्ने पनि नभएको उनले बताए । मन्त्री बास्कोटोले भने, म दाबाका साथ भन्छु प्रधानमन्त्रीले भेटघाट भए जस्तो, भेटेकै जस्तो लाग्दैन ।’

उनले अघि भने, रअको प्रमुखलाई भेटेर कोही रअ पक्षधर त हुने होइन होला नि । यस्तो लघुताभाषी मान्यता पनि नराखौं ।’

मन्त्री बास्कोटाले भेटेको हो भन्ने पुष्टि गर्नुछ भने तथ्य प्रमाणसहित आउन आग्रह गरे ।