आईडीपीको शैक्षिक मेला भोली, कस्तो छ तयारी ?
काठमाडौ – नेपालको भबैभन्दा ठुलो अष्ट्रेलियन शैक्षिक मेला भोली हुँदैछ । होटल ¥याडिसनमा हुने मेलामा ३५ भन्दा बढि अष्ट्रेलियाका उत्कृष्ट कलेज तथा विश्वविद्यालयहरुको सहभागिता हुने आयोजकले जनाएको छ ।
अध्ययनका लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सञ्चालन गर्दै आएको आईडीपी इन्टरनेशनल एजुकेशनले अष्ट्रेलिया शैक्षिक मेलाको आयोजना गर्न लागेको हो । मेलाको सम्पूर्ण तयारी पुरा भएको आईडिपीले जनाएको छ ।
होटल ¥याडिसनमा विहान १० बजेदेखि सुरुहुने शैक्षिक मेलामा ३५ भन्दा बढि विश्वविद्यालयहरुको सहभागिता रहने छ ।
अष्ट्रेलियन शिक्षालाई प्रवर्धन गर्दै आएको आईडीपीले विद्यार्थीहरुले आवेदन दस्तुर, विभिन्न किसिमका छात्रवृत्ति र अन्य फर्स्ट ह्याण्ड ईन्फरमेसन दिनका लागि मेलाको आयोजना गर्न लागिएको हो । मेलाको माध्यमबाट आईडीपीले विद्यार्थीहरुलाई अष्ट्रेलियाको शिक्षा प्रणाली, अध्ययनका अवसर तथा चुनौतिहरु र प्राप्त योग्यताको भावि सम्भावना जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गरिने आइडिपिका संचालक निरज सिटौलाले बताए ।
साथै अष्ट्रेलियाका विभिन्न शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुनसक्न छात्रवृत्ति, सुविधा एवं गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँच, अध्ययनका लागि लाग्ने लागत लगायतका विषयमा परामर्श सेवा प्रदान गर्ने प्रयोजनका लागि उक्त मेलाको आयोजना गरिएको सिटौलाको भनाई छ ।