गण्डकी प्रदेशले पनि सार्वजनिक गर्यो दर्ता भएका कन्सल्टेन्सीको सूची (सूचीसहित)
काठमाडौं – गण्डकी प्रदेशले दर्ता भएका शैक्षिक परामर्श संस्थाहरुको सूची सार्वजनिक गरेको छ । प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयबाट स्वीकृत शैक्षिक कन्सल्टेन्सीहरुको सूची सार्वजनिक गरेको हो ।
सूचीमा ६९ शैक्षिक संस्थाहरुको नाम समेटिएको छ । मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ मा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, पोखराबाट शैक्षिक परामर्श तथा भाषा शिक्षण गर्ने संस्थाहरुलाई जारी गरिएको प्रमाण पत्रहरुको विवरण भन्दै ६९ संस्थाको सूची सार्वजनिक गरेको हो ।
यसअघि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र कोसी प्रदेशको सामाजिक विकास मन्त्रालयले शैक्षिक परामर्श संस्थाहरु दर्ता गरी सूची सार्वजनिक गरेका थिए । सरकारले दर्ता नभएका शैक्षिक कन्सल्टेन्सीमाथि धरपकड गर्न थालेपछि व्यवसायीहरुको आग्रहमा मन्त्रालयले सूची सार्वजनिक गरेको हो ।
शैक्षिक कन्सल्टेन्सीको सूची यसप्रकार रहेको छ :
