नविकरण भएका कन्सल्टेन्सीहरुको सूची सार्वजनिक, सूची हेरेर सेवा लिन मन्त्रालयको अनुरोध

शुक्रबार, ८ जेष्ठ २०८३

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले नविकरण भएका शैक्षिक कन्सल्टेन्सीहरुको सूची सार्वजनिक गरेको छ । शुक्रबार आर्थिक वर्ष २०८२/०८३ लागि नविकरण भएका ७ सय ६० शैक्षिक कन्सल्टेन्सीहरुको सूची सार्वजनिक गरेको हो ।

शुक्रबार सचिव स्तरिय निर्णय अनुसार नविकरण भएका ७ सय ६० संस्थाको सूची सार्वजनिक गरिएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ । ‘शिक्षा तथा खेलकुद मन्त्रालयबाट स्वीकृति प्राप्त संस्थाहरु मध्ये आर्थिक वर्ष २०८२/०८३ का लागि हालसम्म नविकरण भएका संस्थाहरूको सूची मिति २०८३/०२/०६ को सचिव स्तरिय निर्णय अनुसार प्रकाशन गरिएको छ ।’, सार्वजनिक सूचनामा भनिएको छ, ‘शैक्षिक परामर्श लगाएतका सेवाहरु लिदा सँलग्न सूचिबाट संस्थाहरुले उपलब्ध गराउन पाउने सेवाहरु पहिचान गरेर मात्र सेवा लिनुहुन समेत सम्बन्धित सबैमा सूचित गरिन्छ ।’

शैक्षिक परामर्शदातृ निकायहरुले समेत स्वीकृत सेवाहरुको अधिनमा रहेर सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन मन्त्रालयले अनुरोध गरेको छ । सरकारले केही दिनदेखि दर्ता नभएका शैक्षिक कन्सल्टेन्सी बन्द गराउने अभियान चलाएको छ । यो सूची सार्वजनिक भएपछि विद्यार्थी, अभिभावक र सरोकारवाला निकायलाई सेवा लिन सजिलो भएको छ ।

यस्तो छ नविकिरण भएका शैक्षिक कन्सल्टेन्सीहरुको सूची