स्टडी इनको ‘ग्लोबल एजुकेशन फेयर’ सम्पन्न

शुक्रबार, ८ जेष्ठ २०८३

काठमाडौं – स्टडी इनको ‘ग्लोबल एजुकेशन फेयर’ सम्पन्न भएको छ । एसआई युकेका नामले परिचित स्टडी इनको फेयर पुतलीसडकस्थित केन्द्रीय कार्यालय काठमाडौंमा सम्पन्न भएको हो । फेयरमा ५ सय बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

फेयरमा बेलायत, अष्ट्रेलिया, युरोप, न्यूजील्याण्ड लगायत देशका चर्चित ६० बढी विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । फेयरमा सहभागी विद्यार्थीले सतप्रतिशत छात्रबृत्तिको अवसर पाउँदै विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए । उनीहरुले विश्वका चर्चित विश्वविद्यालयका प्रतिनिधिसँग भेट्न पाउँदा आफूहरु निकै उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

फेयरमा सहभागी विद्यार्थीले निशुल्क आईईएलटीएस र पीटीई परीक्षण कुपनहरू जित्ने मौकासमेत पाएका थिए । विदेशमा गएर स्नातक, स्नातकोत्तर, टप–अप, र अनुसन्धान कार्यक्रमहरू (एमआरई, एमफिल, पीएचडी) अध्ययन गर्ने योजनासहित विद्यार्थीको सहभागीताले स्टडि इन उत्साहित भएको छ । विद्यार्थीहरूले अनुभवी परामर्शदाताबाट शैक्षिक परामर्श, विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया, विशेष छात्रवृत्ति र विशेष प्रस्तावहरूमा पहुँच, निःशुल्क आईईएलटीएस र पीटीई परीक्षण कुपनहरू जित्ने मौका पाएकाले आफूहरु उत्साहित भएको स्टडी इनका निर्देशक विनय अधिकारीले बताएका छन् ।

मेलामा सहभागी विश्वविद्यालयका प्रतिनिधिहरुले स्टडि इनको फेयरबाट विद्यार्थीले सही परामर्श पाएको बताएका थिए । उनीहरुले विद्यार्थीको उत्साहिजनक सहभागिताले आफूहरुलाई पनि खुशी बनाएको बताएका थिए । साथै, उनीहरुले आफ्नो विश्वविद्यालयको सेवा र सुविधाको बारेमा जानकारी दिएका थिए ।