यी हुन् बागमती प्रदेशमा नविकरण भएका शैक्षिक कन्सल्टेन्सीहरु (सूचीसहित)

शनिबार, ९ जेष्ठ २०८३

काठमाडौं – बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा २ सय ५५ शैक्षिक कन्सल्टेन्सी नविकरण भएका छन् । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष २०८२÷०८३ का लागि फागुन २७ गतेसम्म २ सय ५५ कन्सल्टेन्सीले आफ्नो प्रमाणपत्र नविकरण गरेका हुन् ।

नविकरण भएका कन्सल्टेन्सीमा काठमाडौंका सबैभन्दा धेरै छन् भने भक्तपुरका सबैभन्दा कम छन् । काठमाडौंका १ सय ८१, चितवनमा ३१, मकवानपुरका २४, ललितपुरका ११ काभ्रका ५ र भक्तपुरका ३ शैक्षिक कन्सल्टेन्सीले नविकरण गरेको सार्वजनिक विवरणमा उल्लेख छ ।

सामाजिक विकास मन्त्रालयले आफ्नो वेवसाइटमार्फत सार्वजनिक गरेको विवरणमा जिल्ला अनुसार नाम छुट्याएको छ । मन्त्रालयबाट २०८२ माघ ४ गतेसम्म ७५३ शैक्षिक परामर्श संस्थाहरुले सेवा संचालनका अनुमति लिएका छन् ।

जुन यसप्रकार छ ।