एमाले सचिवालय बैठक : अध्यक्ष ओलीले जवाफ दिँदै

आइतबार, १० जेष्ठ २०८३

काठमाडौं — नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठकमा सदस्यहरूले राखेका धारणामाथि अध्यक्ष केपी शर्मा ओलीले अहिले जवाफ दिँदै छन् । जेठ ४ गतेदेखि जारी बैठकमा सहभागी सदस्यको धारणामाथि अध्यक्ष ओलीले जवाफ दिएका हुन् ।

अध्यक्ष ओलीको सचिवालयका अनुसार, जेठ ८, ९ र आज बसेको सचिवालय बैठकमा नेताहरूले धारणा राखेका थिए ।

बैठकले आजै कार्यविभाजनबारे निर्णय गर्नुका साथै केही हेरफेर हुनसक्ने बताइएको छ ।