लघु चलचित्र “कथा परिवारको” दर्शक श्रोतहरुको मन मनमा बस्न सफल

बुधबार, १३ जेष्ठ २०८३

काठमाडौँ – लघु चलचित्र ‘कथा परिवारको’ले सुरुवात देखि ४४ औं भागसम्म पुग्दा दर्शक श्रोताहरुको अत्याधिक मायाँ पाएको छ। परिवार प्रतिको माया साथ, जिम्मेवारी परिवारका सदस्यहरुको भूमिका र समग्र समुदायलाई लक्षित गरि तयार परिएको कथा परिवारले नेपाली समाजको यथार्थताको चित्रण गहिराइसम्म पुगेर गरेको छ।

कथा बस्तुलाई गहिरिएर अन्तिमसम्म हेर्दा आँखा दायाँबायाँ लाग्न नमान्ने दर्शक स्रोतहरुको प्रतिक्रिया छ। पारिवारिक बिभिन्न पक्षहरुलाई समेटेर तयार पारिएको कथा परिवारमा नेपालका चर्चित कलाकारहरु विजय केसी, निरु बुढा मगर, देव कुमारी खड्की, चादनी राई लगायतको ससक्त अभिनय देख्न सकिन्छ।

कथाबस्तुलाई अझै मिठास र आकर्षण बनाउन प्रयोग भएको व्यक ग्राउण्ड म्युजिकको संगीत संयोजन चर्चित यारेज्नर रमेश सेन्चुरीले गरेका छन् भने पार्श्व गायन लोकप्रिय कलाकार भरत परियारको रहेको छ। त्यस्तै नरेन्द्र बहादुर धामीको निर्देशनमा तयार भएको लघु चलचित्र कथा परिवारमा सम्पादन,र कलरिङ्ग समेत उनी धामीको रहेको छ।

नरेन्द्र कार्कीको सिनेमग्रफी रहेको सिरियलमा बालकलाकार आयुष थिङकोससक्त अभिनय देख्न सकिन्छ ।कृपा प्रोडक्सन प्रालीद्वार निर्मित लघु चलचित्रमा सम्पूर्ण ब्यबस्थापन पनि सोही कम्पनीले गरेको छ।

सुरुवाती दिनदेखि नै दर्शक स्रोताहरुको अत्यधिक मायाँ, साथ र सकरात्मक प्रतिक्रिया पाएका कारण गरिमामय ४४ औं भागसम्म आउदा पनि उत्तिकै माया पाएकाले यसलाई अझै सशक्त रुपमा अगाडी बढ्ने प्रेरणा मिलेको निर्माण पक्षको दाबी छ।