धुर्मस सुन्तली फाउण्डेशनलाई सहयोग जुट्न सुरु, कसले कति दिए ?

शुक्रबार, १० साउन २०७६

काठमाडौं – राष्ट्रिय गौरवको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि चितवनबाट उत्साहजनक आर्थिक सहयोग संकलन भैरहेको छ ।

जिल्लाका ७ बटै स्थानीय तहमा सहयोग समिति गठन गर्ने अभियान जारी छ भने, आर्थिक संकलनको कामलाई पनि त्रीवता दिइएको छ । उद्योग बाणिज्य संघ चितवनले पूर्वघोषणा गरेको एक करोड मध्ये ५५ लाख ५५ हजार ५ सय ५५ रुपैंयाँ शुक्रबार एक कार्यक्रममा वीच धुर्मस सुन्तली फाउण्डेशनलाई प्रदान गरिएको छ ।

उद्योग बाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानसहितका पदाधिकारी र सदस्य, जिल्लाभरका संघका साधारण सदस्य ज्यूहरुलाई हार्दिक आभार र धन्यवाद ज्ञापन गर्न चाहान्छौं । साथैं, चितवन जिल्ला क्रिकेट संघले २ लाख ५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गरेको छ ।

संघका अध्यक्ष कैलाश प्रधानसहितका सबै साथीहरुप्रति हार्दिक धन्यवाद छ । रोक्का सेनिटरी कम्पनीले रंगशाला निर्माणमा आवश्यक सामाग्रीहरु निशूल्क प्रदान गर्ने घोषणा गरेको छ । यहाँहरु सबैको साथ, सहयोग र उत्साहले रंगशाला निर्माणले गति पाउने विश्वास निकै बलियो बनेको छ ।

आत्मबल बढाएको छ । देश विदेशमा रहनुभएका नेपालीहरुको साझा गौरवका रुपमा यसलाई निर्माण गरिनेछ ।