गणतन्त्र दिवसको मूल समारोहमा प्रचण्ड नजाने
काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) गणतन्त्र दिवस २०८३ को मूल समारोहमा नजाने भएका छन्।
अस्वस्थका कारण नजाने भनिएतपनि उनलाई औपचारिक निम्तो नभएकाले उपस्थित नहुने भएको स्रोतले जनाएको छ।
प्रचण्डको सचिवालयले भने रुघाखोकी र जरोका कारण उपस्थित हुन नसक्ने जनाएको छ। प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार प्रचण्ड बिहिबारदेखि नै अस्वस्थ छन् ।
राति ज्वरो आएकाले डाक्टरहरूको सुझाव अनुसार घरमै आराम गरिरहनुभएको छ’, आचार्यले भने ।