बजेट भाषण अपरान्ह ४ बजे हुने
काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट आज सार्वजनिक गर्दैछ । अपरान्ह ४ बजे बोलाइएको राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।
संविधानतः प्रत्येक वर्ष जेठ १५ गते नै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने व्यवस्था छ । गत वैशाख २८ गते संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका थिए ।
फागुन २१ गतेको निर्वाचनमा अत्यधिक मतले विजयी रास्वपाको एकमना सरकारले ल्याउन लागेको पहिलो बजेटबारे धेरैको चासो देखिन्छ ।
पछिल्लो समय राजश्व आम्दानी, वैदेशिक अनुदान घटेको तर जनआकांक्षा र आवश्यकता बढेकाले ठूलो बजेट ल्याउनुपर्ने बाध्यकारी अवस्थामा सरकार देखिन्छ ।