आजराती भिषण हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

शुक्रबार, १५ जेष्ठ २०८३

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले आज राती तीव्र हावाहुरीको सम्भावना रहेको जानकारी दिँदै सतर्क गराएको छ ।

विभागका अनुसार तराई र पहाडी क्षेत्रमा तीव्र वेगको हावाहुरीसहित असिना पानी पर्ने सम्भावना छ । विशेषगरी तराई-मधेशका बासिन्दालाई सतर्कता अपनाउन सूचित गरिएको छ ।

विभागको सूचनामा उल्लेख छ, ‘आज राति देशका तराई र पहाडी क्षेत्रमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ । हावाहुरीसहित कतिपय ठाउँमा असिना पानी पनि पर्ने सम्भावना छ ।

विशेषगरी तराई क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध छ ।’