सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु
काठमाडौं – मोरङ, रुपन्देही, कपिलवस्तु र बारामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६
जनाको मृत्यु भएको छ ।
मोरङमा ट्याक्टर जोत्ने क्रममा अनियन्त्रित भई पल्टिदा जहदा गाउँपालिका–१ धुनिका ४१ वर्षीय दिपक
सरबरियाको मृत्यु भएको हो । खेल जोत्नेक्रममा को. २ त ९०४६ नम्बरको ट्याक्टर पल्टिदा उनको मृत्यु भएको हो ।
त्यस्तै, मोरङकै बिराटनगरमा ट्रकले भारतीय नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिदा २२ वर्षीय अमर सिंहको मृत्यु भएको छ । एनल ०१ डी ३६९० नम्बरको ट्रकले ठक्कर दिदा बीआर ३८ आर ३२१३ नम्बरको मोटरसाइकमा सवार सिंहको घटनास्थलमै ज्यान गएको हो ।
उता, लुम्बिनी साँस्कृतिक नगरपालिका–१ भगवानपुरस्थित सडकमा लु–१ ख ५९०२ नम्बरको बस र यूपी ५५ एल ०५७३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्कीदा मोटरसाइकल चालक भारतीय नागरिक २१ वर्षीय मोनु बञ्जराको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका–५ बस्ने १९ वर्षीय मोबिन मुसलमानको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।
यसैगरी बुटवलको तिनाउ खोलास्थित सडकमा ना.५ ख ९४०७ नम्बरको बस र लु.४१ प ७७० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्कीदा मोटरसाइकलमा सवार छत्रदेब गाउँपालिकाका ३० वर्षीय नारायण भट्टराईको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा चालक अर्घाखाँचीको सन्धिखर्कका ३० वर्षीय बुद्धिराम पौडेललाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल हुँदै
थप उपचारका लागि मेडिकल कलेज भैरहवातर्फ पठाइएको प्रहरीले जनाएको छ ।
कपिलवस्तुमा पनि खेत जोत्नेक्रममा दुर्घटना हँदा गुलाब अहमद गद्धिको ज्यान गएको छ । खेतमा लु.४ त १७६७ नम्बरको
ट्याक्टरले आफ्नै खेत जोत्ने क्रममा बिहिबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका ठाउँका ४० वर्षीय गुलाब अहमद गद्धिलाई उपचारका लागि भरततर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यता, बाराको महागढीमाई नगरपालिकामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २४ वर्षीय धर्मेन्द्र यादवको घटनास्थलमै मृत्यु भएको छ । ना १८ प ७१७४ मोटरसाइकलमा सवार उनको दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।