प्रचण्डको अवस्था ‘स्थिर’

आइतबार, १७ जेष्ठ २०८३

काठमाडौं — नेपाल मेडिसिटी अस्पतालले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अवस्था हाल ‘स्थिर’ रहेको जनाएको छ ।

अस्पतालले स्वास्थ्य बुलेटिन जारी गर्दै प्रचण्डलाई श्वासप्रश्वास रोगको लक्षणसहित अस्पतालमा भर्ना गरिएको जनाएको छ ।

स्वास्थ्य बुलेटिनमा भनिएको छ, “उहाँलाई हल्का निमोनिया संक्रमण भएको पाइयो जसको लागि आवश्यक अनुसन्धान गरिएको छ र उपचार सुरु गरिएको छ । उपचारमा राम्रो प्रतिक्रिया दिइरहनुभएको छ ।”

प्रचण्ड आगामी दुईरतीन दिन अस्पतालमा रहने जनाइएको छ ।