सुधन गुरुङमाथि छानबिनको समय पाँच दिन बढाइयो

मंगलबार, १९ जेष्ठ २०८३

काठमाडौं — तत्कालीन गृहमन्त्री एवम् सांसद सुधन गुरुङमाथि छानबिनका निम्ति सरकारले पाँच दिनको समय थपेको छ । मंगलबार (जेठ १९) देखि लागु हुने गरी पाँच दिनको समय थपिएको हो ।

आयोग सदस्य रहेका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले काम नसकिएका कारण मागअनुसार पाँच दिनको समय थपिएको जानकारी दिए । ‘‘पाँच दिन म्याद थप भएको छ । प्रतिवेदन लेखनको काम भइरहेको छ । समय कम भएर पाँच दिन बढाइएको हो,’’ सदस्य नेउपानेले भने ।

उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा रहेको छानबिन समितिले गुरुङको सम्पत्ति विवरण संकलन गरेर बयान समेत लिएको थियो ।

गएको वैशाख २८ गते मन्त्रिपरिषद्को बैठकबाट छानबिन समिति गठन गरिएको हो । समितिलाई सुरुमा दिइएको १५ दिनको समय दिइएको थियो ।