६ सहकारीलाई १५ दिनभित्र घर-फ्ल्याट खाली गर्न निर्देशन
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले ६ सहकारीलाई फ्ल्याट खाली गर्न निर्देशन दिएको छ । एक सूचना जारी गर्दै महानगरले ६ सहकारीलाई १५ दिनभित्र बहालमा लिएको घर, कोठा तथा फ्ल्याट खाली गर्न निर्देशन दिएको हो ।
सत्कार सहकारी, अमृताम्भ सहकारी, हिराखुसी सहकारी, मार्गदर्शन सहकारी, नवल सवल सहकारी र पञ्चरुपालाई घर तथा फ्ल्याट खाली गर्न निर्देशन दिइएको महानगरले जनाएको छ ।
घर, कोठा तथा फ्ल्याट खाली गर्न निर्देशन दिँदै महानगरले सहकारीका पदाधिकारी, कर्मचारी तथा सदस्यहरुलाई १५ दिनभित्र महानगरको सम्पर्कमा आउन पनि आग्रह गरेको छ ।
यसो त न्यायिक समितिले यसअघि नै सहकारीले भाडामा लिएका कार्यालय, घर तथा फ्ल्याट खाली गराउनुपर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्न उक्त सूचना जारी गरिएको महानगरले जनाएको छ ।