रास्वपा बर्दिया सभापतिमा शान्ता बुढा क्षेत्री निर्वाचित

आइतबार, २४ जेष्ठ २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दियाको प्रथम जिल्ला अधिवेशनबाट सभापतिमा शान्ता बुढा क्षेत्री निर्वाचित भएकी छन् । बर्दियाको शनिबार भएको अधिवेशनबाट बुढा क्षेत्री फराकिलो मतान्तरले जिल्ला सभापतिमा विजयी भएकी हुन् ।

कार्यवाहक सभापतिको भूमिका रहेकी बुढा क्षेत्रीले १५८ मत प्राप्त गरेकी थिइन् । उनका प्रतिस्पर्धी उदयबहादुर खत्रीले ४६ मत पाए ।

उप–सभापतिमा १ सय ५२ मत प्राप्त गरी दुर्गाप्रसाद थारु विजयी भएका छन् । उनका प्रतिस्पर्धी मुकेशकुमार थारुले ३५ मत पाए ।

सचिव पदमा दीपकबहादुर बीसी, सहसचिव पदमा शरद तिवारी निर्वाचित भएका छन् ।

यस्तै, खुल्ला सदस्यमा अर्जुन भण्डारी, हेम राज सुवेदी, अजित कुमार मल्ल, सोम बहादुर गुरुङ, रमेश अर्याल, विष्णु प्रसाद उपाध्याय, गीता खड्का र लिला पनेरु निर्वाचित भएका छन् । जिल्लामा जम्मा मतदाना ३ सय १ रहेकोमा २ सय ३१ मत खसेको निर्वाचन समितिले जनाएको छ ।