शान्तिश्रीको गीतमा अञ्जली अधिकारीको दमदार अभिनय (भिडियो सहित)
काठमाडौँ – गायिका शान्तिश्री परियारको तीज गीत ‘फुलमती चनमती’ सार्वजनिक भएको छ । गीतमा गायिका परियारसहित ज्ञानु परियार र गायक खेम सेन्चुरी स्वर रहेको छ । नेत्र अर्यालको शब्द रहेको गीतमा गायक सेन्चुरी आफैँले संगीत भरेका छन् ।
गीतको भिडियोमा अञ्जली अधिकारी र गायिका परियारले अभिनय गरेका छन् । भिडियोलाई शिव विकले निर्देशन गरेका हुन् । मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई कृष्ण विकले एरेन्ज गरे का हुन् ।
गीतको भिडियो दुर्गा पौडेलले खिचेका हुन् । यस गीतले तीजको मौलिकतालाई झल्काएको छ ।